आर्थिक

अनुदानको लगानी, बालुवामा पानी (भिडियो रिपोर्टसहित)

२०७९ माघ १६ गते १८:१६
अनुदानको लगानी, बालुवामा पानी (भिडियो रिपोर्टसहित)

१६ माघ २०७९ कैलाली । नेपालमा सरकारी अनुदानको दुरुपयोग हुने क्रम रोकिएको छैन । सरकारले प्रदान गर्ने हरेक अनुदानमा टाठाबाठाको हालिमुहाली हुँदा अनुदानको उपयोगिता शुन्य देखिन्छ भने अनुदान पाउनु पर्ने वास्तिवक व्यक्ति पलायन हुनु पर्ने बाध्यता छ । यही प्रवृत्तिका कारण कैलालीमा जडिबुटी प्रशोधनको ६४ लाख सरकारी अनुदान बालुवामा पानी भएको छ ।

कैलाली मात्र नभई सुदूरपश्चिमलाई नै जडिबुटीमय बनाउने र आर्थिक रुपमा समृद्ध बनाउने भन्दै सुरु गरिएको सगरमाथा जाडिबुटी प्रशोधन उद्योग अहिले बन्द छ । सरकारी अनुदानको भरपुर उपयोग गर्ने लक्ष्य राखेको उद्योगले अनुदानमा आएको सरकारको ६४ लाख रुपैयाँ बालुवामा पानी बनाएको छ । बिभिन्न जडीबुटी लगाउन प्रेरित गरेको उद्योग नचल्दा किसानले समेत घाटा व्यहोर्नु परेको छ ।

मेन्था, केमामाइल, लेमनग्रास, तितेपाती, टिमुर लगायतका नेपाली जडिबुटी प्रशोधन गरी विदेशमा निर्यात गर्ने लक्ष्यका साथ २०७४ सालमा उद्योग सञ्चालन गरिएको थियो । उद्योगले आर्थिक वर्ष २०७४–०७५ मा जिल्ला वन कार्यालय कैलालीबाट ५४ लाख र आर्थिक वर्ष २०७५–०७६ मा डिभिजन वन कार्यालय पहलमानपुरबाट १० लाख रुपैयाँ अनुदान समेत प्राप्त ग¥यो ।

तर उद्योग सञ्चालन हुन सकेन । १ करोड ६४ लाख लागत रहेको उद्योगमा ७ सय प्रकारका जडिबुटी प्रशोधन गर्न सक्ने क्षमता छ । तर सरकारी अनुदानका लागी मात्रै उद्योग खोलिएको आरोप लाग्न थालेको छ । जडिबुटी प्रशोधनको क्षेत्रमा गहन अध्ययन नै नगरी उद्योग सञ्चालन गरेर नीतिगट भ्रष्टाचार भएको स्थानीय नेताको आरोप छ ।

चारजना सञ्चालक मिलेर खोलेको उद्योग सञ्चालन गरिएको भएपनि अहिले खडानन्द सापकोटा मात्र छन् । सरकारले केही गर भनेर अनुदान दिएको भए पनि कोरोना महामारीले गर्दा उद्योग धरासायी भएको सञ्चालकको तर्क छ ।

विषयगथ ज्ञान र दक्षता भएका व्यक्ति लगानी अभावमा पलायन हुने र दक्षता विनै पहुँचको भरमा सरकारी अनुदान प्राप्त गर्ने प्रवृत्तिले लगानी डुबिरहेको छ भने धेरैले अवसर पाउनबाट समेत वञ्चित हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *