आर्थिक

उकालो लागेको शेयर बजारको आगामी यात्रा कस्तो होला ? (भिडियो रिपोर्टसहित)

२०७९ माघ १४ गते २१:०७
उकालो लागेको शेयर बजारको आगामी यात्रा कस्तो होला ? (भिडियो रिपोर्टसहित)

१४ माघ २०७९ काठमाडौं । नयाँ सरकार गठनसँगै शेयर बजार परिसूचक नेप्सेमा सुधार देखिएको छ । सरकार गठन भएको एक महिनाको अवधिमा नेप्से ३१४ अंकले बढेको छ । मुलुकको अर्थतन्त्र अधिकांश सूचक नसुधारिएकै अवस्थामा उकालो लागेको शेयर बजारको आगामी यात्रा के होला भन्ने जिज्ञासा उत्पन्न गराएको छ ?

२०७८ भदौ २ गते शेयर बजार सूचक ९नेप्से० हालसम्मकै सबैभन्दा उच्च ३,१९८ को विन्दुमा पुगेको थियो । त्यसपछि क्रमशस् ओरालो लागेको नेप्से १८५५ विन्दुमा झरेको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिएसँगै उकालो लागेको नेप्से २१८३ मा रोकिएको छ । तर बैंकिङ प्रणालीमा तरलता सहज हुन थालेको र मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै गएकाले आगामी दिनमा नेप्सेको यात्रा सकारात्मक हुँदै जानेमा लगानीकर्ताहरु विश्वस्त छन् ।

एक वर्षको अवधिमा नेप्से ओरालो लाग्दा लगानीकर्ताहरुले करिब १४ खर्ब रुपैयाँ गुमाएका थिए । गत जेठमा ४४ खर्ब ६३ अर्ब रुपैयाँबाट २९ खर्ब ३८ अर्बमा झरेको बजार पुँजीकरण अहिले बढेर ३१ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ। शेयर बजारमा नागरिकको सहभागी पनि बढ्दै गएको छ ।

२०७८ फागुनमा डिम्याट खाता खोल्नेको संख्या ५० लाख ७ हजार रहेकोमा अहिले त्यो संख्या बढेर ५५ लाख २१ हजार ९८८ पुगेको छ । पछिल्लो समय एकपछि अर्को लोकप्रिय कदम चाल्दै आएको राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा मार्फत ४, १२ को नीति पनि हटाउने अपेक्षा गरिएको छ । तर राष्ट्र बैंकका अधिकारी भने भर्खरै मात्र मौद्रिक नीति समीक्षाको तयारी सुरु भएकाले बजारको अध्ययन गरेर मात्र आवश्यक निर्णय लिने बताउँछन् ।

नेपाली अर्थतन्त्रका ऐनको रुपमा लिइने शेयर बजारले उकालो यात्रा तय गर्दै गर्दा आधारभुत आर्थिक सूचकहरु भने सुधारिइ सकेका छैनन् । सरकार र धितोपत्र बोर्डले बजारका लागि कुनै नीतिगत पहल कदमी पनि लिएका छैनन् । शेयर असाध्यै प्राविधिक लगानीको क्षेत्र हो । तर बढ्दो बजारमा विशेषगरी नयाँ लगानीकर्ताहरुले विबेक गुमाउने हुँदा राम्रो ज्ञान, तथ्यांक र त्यसको विश्लेषण गरेर मात्र लगानी गर्नु उपयुक्त देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *