आर्थिक

मूल्य बढ्ने आशामा पाँचथरका अलैंची किसान (भिडियो रिपोर्टसहित)

२०७९ माघ ३ गते १८:०९
मूल्य बढ्ने आशामा पाँचथरका अलैंची किसान (भिडियो रिपोर्टसहित)

३ माघ २०७९ पाँचथर । कुनै बेला प्रतिमन १ लाख १७ हजार रुपैँयासम्म विक्री भएको अलैंची अहिले २६ हजार रुपैयाँमा सीमित छ ।

गत वर्षपनि सुरुवाती सिजनमा प्रतिमन ५० हजारसम्म अलैंचीको मूल्य तोकिएपनि अहिले निरन्तर घट्दो क्रममा छ । मूल्य निरन्तर घट्दै जाँदा अलैंची किसानले वैकल्पिक व्यवसाय समेत रोज्न थालिसकेका छन् ।

साउन अन्तिमदेखि उत्पादन सुरु हुने अलैंचीको मूल्य बढ्ने आशमा किसानले अलैंची घरमै थन्काएर राखेका छन् । तर अलैंचीको मूल्य बढ्ने छाँट देखिदैन । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीको रूपमा रहेको अलैंचीको मूल्य नसुध्रिदा अलैंची खेतीमा मिहिनेत गरेका किसानमा निराश छन् ।

नेपालको अलैंचीको बजार भारत हुँदै तेश्रो मुलुकसम्म छ । अलैंचीको माग अन्तर्राष्ट्रिय बजारमा कम हुँदा मूल्यमा भारी गिरावट आएको व्यवसायी बताउँछन् । समग्र अलैंची क्षेत्रमा ठूलो असर परेको छ ।

नयाँनयाँ जिल्लामा अलैंची खेती विस्तार भएसँगै उत्पादन बढेको देखिएपछि आम्दानी भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा ४३ जिल्लामा अलैंची खेती हुने गरेको छ । आन्तरिक खपत नहुँदा विदेशी बजारको भर पर्नु पर्ने बाध्यता छ ।

अन्य बालीलाई घटाएर अलैंची खेतीमा कृषक लागेका थिए । विगतमा मनग्य आम्दानी गर्ने किसान यतिबेला लागत उठाउन कठिन हुने अवस्था आएको बताउँदै छन् । श्रम लगायतका सेवा तथा अन्य उत्पादनको मंहगो हुँदै जाँदा अलैंचीको मूल्य घट्दै गएपछि समस्या देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *