Main News

हिमालय टेलिभिजनले मनायो १३औं वार्षिकोत्सव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २ गते १४:५५
हिमालय टेलिभिजनले मनायो १३औं वार्षिकोत्सव (भिडियो रिपोर्टसहित)

२ माघ २०७९ काठमाडौं । हिमालय टेलिभिजन एचडीले १३ औँ वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवका अबसरमा आयोजित कार्यक्रममा टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले सञ्चार क्षेत्रमा बढ्दै गएको चुनौति सामना गर्न हिमालय टेलिभिजन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

टेलिभिजनका कार्यकारी निर्देशक श्याम कंडेलले टेलिभिजनलाई अझै सशक्त र दर्शकको रोजाइको टेलिभिजनको छवी कायम राख्ने गरी कार्यक्रमहरु प्रसारण गरिंदै जाने बताउनुभयो ।

यस्तै समाचार प्रमुख राजेन्द्र बानियाँले हिमालय टेलिभिजनको समाचारलाई सशक्त र प्रभावकारी बनाउँदै लैजान सबैको साथ र सहयोगको खाँचो औंल्याउनु भयो ।

कार्यक्रममा विभिन्न शाखाका कार्यरत १२ जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा कार्यालय सहयोगी पशुपति खत्री, सवारी चालक जयराम दाहाल, लेखा सहायक अन्जना पोखरेल, मार्केटिङ एण्ड पीआर म्यानेजर लक्ष्मी मैनाली, एमसीआर अपरेटर सन्देश राई, सिनियर प्यानल प्रोडुसर रामहरी गौतम, सिनियर क्यामरापर्सनद्वय पुष्पलाल बाँस्तोला र गुन्जनराज गिरी, वरिष्ठ समाचारवाचक किशोरजंग थापा हुनुहुन्छ ।

यस्तै कर्णाली व्यूरो प्रमुख रमेशकुमार पाण्डे, दाङ सम्बाददाता दीपक वली र न्यूज प्रोडुसर अनन्त वाग्लेलाई पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *