आर्थिक

सुनको मूल्य रु एक लाख एक हजार सात सय

२०७९ पुष १७ गते १४:५०
सुनको मूल्य रु एक लाख एक हजार सात सय

१७ पुस २०७९ काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार दुई सय छ ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु पाँचले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *