आर्थिक

बगरमा सुन्दर माछा पोखरी, यसरी बन्यो आम्दानीको स्रोत (भिडियो रिपोर्टससहित)

२०७९ पुष १२ गते १४:२३
बगरमा सुन्दर माछा पोखरी, यसरी बन्यो आम्दानीको स्रोत (भिडियो रिपोर्टससहित)

१२ पुस २०७९ सर्लाही । भिजन, लगन र अठोटले बालुवामा पनि सुन्दर फूल फुलाउन सकिन्छ भन्ने, गतिलो उदाहरण बनेको छ, बागमती माछा पोखरी अर्थात भरत ताल ।

केही समय पहिलेसम्म बगर रहेको यो ठाउँ अहिले मधेश प्रदेशकै पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यतिमात्र होइन, स्थानीय सरकारका लागि आर्थिक श्रोत पनि बनिरहेको छ ।

सर्लाहीको बागमती नगरपालिकामा रहेको बागमती माछापोखरी अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ । भरत तालको रुपमा चर्चा कमाएको यो तालमा सयौं पर्यटक छुट्टी मनाउन आउँछन् । तालमा चल्ने मोटरबोट तथा मिनी क्रुजले पर्यटकलाई आकर्षित गरेको छ ।

ताल निर्माणपछि स्थानीयलाई मोटरबोट चड्न र घुम्नकै लागि टाढा धाउनु पर्ने बाध्यता हटेको छ । तालले पर्यटकलाई मनोरञ्जन र स्थानीयबासिन्दालाई रोजगारी दिएको छ ।

यो परियोजनामा स्थानीय, प्रदेश र संघले गरी दुई अर्व लगानी गरिसकेका छन् । अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ । अब केही भौतिक संरचना र श्रृङ्गारको काम बाँकी छ । निर्माणकै चरणमा रहेको यो तालबाट नगरपालिकाले कर संकलबाट मात्र मासिक ३० हजार र कच्चा पदार्थ विक्रिबाट करोडौँ आम्दानी गरिरहेको छ ।

बहुउद्देश्यीय परियोजनाको रुपमा रहेको ताल, पर्यटन, माछा पालन, सिंचाइ, जलचर प्राणीको वासस्थानको रुपमा समेत विकास हुँदैछ । दिगो आयश्रोत नरहेको पालिकालाई नगरको पहिचानसँग जोडेर आर्थिक, सामाजिक र भौतिक रुपमा समृद्ध बनाउने गरी परियोजना तयार गरिएको छ ।

१२१ बिगाह क्षेत्रफलमा फैलिएको मानव निर्मित पोखरी अर्थात भरत ताललाई भविष्यमा नगरको बलियो आयश्रोतका रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *