आर्थिक

८ महिनाको आयात प्रतिबन्ध : अर्थतन्त्रले के पायो, के गुमायो ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २१ गते २१:२६
८ महिनाको आयात प्रतिबन्ध : अर्थतन्त्रले के पायो, के गुमायो ? (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७९ काठमाडौं । सरकारले पुस १ गतेदेखि प्रतिबन्धित गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात गर्न खुला गर्ने निर्णय गरेको छ। विदेशी मुद्राको सञ्चितीमा दबाव परेर प्रतिबन्ध लगाइएपनि सरकार बाह्य क्षेत्र दीगो नबन्दै यो निर्णयबाट पछि हटेको छ । ८ महिनाको आयात प्रतिबन्ध अर्थतन्त्रले के पायो, के गुमायो ?

विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै विलासी वर्गमा पर्ने १० बस्तुको आयातमा प्रतिबन्ध लगायो । गत भदौंमा १० मध्ये कुरकुरे, हिरा, तास लगायतका ६ बस्तुको आयात प्रतिबन्ध हटायो ।

यद्यपी ३ सय अमेरिकी डलर माथिको स्मार्टफोन, कार जिप, भ्यान, तयारी मदिरा र १५० सीसी भन्दा माथिको मोटरसाइकलमा भने आयात प्रतिबन्ध यथावत नै राखेको थियो । अब पुस १ गतेदेखि भने यी सबै बस्तु आयात खुला गरिएको छ । पाँच महिना अघि देखि नै आयात खुलाउन दबाव दिदै आएका व्यवसायी यो निर्णयबाट पनि खुसी भने छैनन् ।

सरकारले अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या देखिएपछि आयात नियन्त्रणका लागि प्रयास थालेको हो । त्यसैको सकारात्मक प्रभाव स्वरुप गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा १६ प्रतिशतले कम भएको छ ।

गत असार अन्त्यसम्ममा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर चालु आर्थिक वर्षको तेस्रो महिनासम्म आइपुग्दा १४ महिनापछि १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा गयो । विदेशी विनिमय सञ्चिति पनि गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडमा झरेकोमा अहिले १२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । आयातमा कडाइ गरिदा बाह्य क्षेत्र सन्तुतिल बन्दै गएकाले अब खुकुलो गर्दै जाने आधार भने तयार भएको निश्कर्ष राष्ट्र बैंकको छ।

तर, त्यसले अर्थतन्त्रको बाह्य क्षेत्रको दुरावस्थामा सुधार त ल्याए पनि त्यसको साइडइफेक्ट अर्थतन्त्रका अन्य क्षेत्रहरुमा देखिएको छ । करिब ८ महिनासम्म आयातमा प्रतिबन्ध लगाउँदा त्यसको असर सरकारको राजस्व संकलनमा परेको छ ।

अर्थमन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा राजस्व संकलन ६६ अर्ब रुपैयाँले खुम्चिएको छ । यो वर्षको चार महिनामा २ खर्ब ६८ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । १ खर्बभन्दा बढी लगानी रहेको अटो व्यवसाय कोल्याप्स हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *