Main News

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२०७९ मंसिर १० गते १४:१५
प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१० मंसिर २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *