Main News

नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

हिमालय टिभी
२०७९ कार्तिक ३० गते १५:०६
नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

३० कात्तिक २०७९ पर्सा । वीरगञ्जबाट प्रहरीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मतपत्र राखेर भारतबाट नेपाल प्रवेश गरेका इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *