Main News

विमान कम्पनीको लापरवाही, नेपालगञ्जबाट डोल्पा जानुपर्ने महिला मुगु पुगेपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २२ गते १३:१९
विमान कम्पनीको लापरवाही, नेपालगञ्जबाट डोल्पा जानुपर्ने महिला मुगु पुगेपछि…(भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७९ नेपालगञ्ज । विमान कम्पनीको लापरवाहीका कारण नेपालगञ्जबाट डोल्पा जानुपर्ने महिला मुगु पुगेकी छन् ।

डोल्पा ठूलोभेरी नगरपालिका वडा नम्बर ५ की राजकुमारी बुढा र उनको साथमा रहेको बच्चा डोल्पा जानुपर्ने भएपनि मुगु पुगेका हुन् ।

समिट एयरलाईन्सको टिकट काटेकी बुढा नेपाल एयरलाईन्सको विमान चढेर मुगु पुगेकी हुन् । नेपाल एअरलायन्स सेभेन थ्री थ्री कल साइनको विमानमा राजकुमारी मुगु आइपुगेपछि मात्रै यसबारे कुरा बाहिर आएको हो ।

डोल्पा जानुपर्ने यात्रु मुगु आएको र ताल्चा विमानस्थलमा अलपत्र भएको ४ घण्टापछि उनलाई पुनः तारा एयरलायन्समा नेपालगञ्ज फिर्ता लगिएको छ ।

घटनामा नेपालगञ्ज बेसमा रहने समिट एयरलायन्स र नेपाल एयरलायन्सका कर्मचारीको लापरवाही देखिएको रारा नागरिक उड्ययन कार्यालय मुगुका प्रमुख सन्तोषकुमार गौतमले बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *