आर्थिक

सरकारको कडाइले आयातमा केही कमी, बढेन निर्यात (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १४ गते २१:३०
सरकारको कडाइले आयातमा केही कमी, बढेन निर्यात (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ काठमाडौं । सरकारले आयातमा गरेको कडाईका कारण चालु आर्थिक वर्षको तीन महिनामा बस्तु आयातमा केही कमी आएको छ । गत वर्षको तीन महिनाको तुलनामा आयात १६ दशमलव २० प्रतिशतले घटेको छ । निर्यात भने ३६ प्रतिशतले घटेको छ । यो तीन महिनामा नेपालले सबैभन्दा धेरै कुन(कुन बस्तु आयात भयो र के निर्यात भयो ? त्यो हेरौं ।

साउन, भदौं र असोज महिनामा नेपालको ब्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ४ खर्ब ९९ अर्ब ८५ करोड रुपैयाँको बस्तु आयात गर्दा निर्यात भने ४१ अर्ब ८२ करोड रुपैयाँको मात्र गरेको छ।

यो अवधिमा कुनकुन वस्तु कति आयात भयो ?

यो अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । सबैभन्दा धेरै आयात हुने तीन बस्तुमा डिजेल, पेट्रोल र खाना बनाउने ग्यास नै छ ।

डिजेल– २९ अर्ब २९ करोड रुपैयाँ
पेट्रोल– १८ अर्ब २२ करोड रुपैयाँ
खाना पकाउने एलपीजी ग्यास– १४ अर्ब ९४ करोड रुपैयाँ
कच्चा सोयाबिन तेल– १४ अर्ब ८ करोड रुपैयाँ
कच्चा पाम तेल– ९ अर्ब ९७ करोड रुपैयाँ
फलाम र फलामजन्य वस्तु– ९ अर्ब ८८ करोड रुपैयाँ
स्मार्टफोन– ८ अर्ब ५३ करोड रुपैयाँ
फलाम र स्टीलका अर्धतयारी वस्तु– ६ अर्ब ९२ करोड रुपैयाँ
रासायनिक मल– ६ अर्ब ४१ करोड रुपैयाँ

तीन महिनामा नेपालबाट धेरै निर्यात भएका वस्तुहरु

प्रशोधित पाम तेल– ८ अर्ब ५ करोड रुपैयाँ
सोयाबिन तेल– ३ अर्ब १६ करोड रुपैयाँ
कार्पेट तथा कपडा– ३ अर्ब ७ करोड रुपैयाँ
धागो– १ अर्ब ९९ करोड रुपैयाँ
ऊन तथा धागोबाट बनेका फेल्ट सामग्री– १ अर्ब ६८ करोड रुपैयाँ
चिया– १ अर्ब २६ करोड
अलैची– १ अर्ब २० करोड
जुस– १ अर्ब १६ करोड
जुट तथा जुटका सामग्री– ८४ करोड रुपैयाँको निर्यात भएको छ।

सरकारले मंसिर मसान्तसम्मका लागि चारपांग्रे सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल र तयारी विदेशी मदिराको आयात प्रतिबन्ध गरेको छ । उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेको भन्दै वैशाख दोस्रो सातादेखि नै आयातमा प्रतिबन्ध लगाइएको हो । बीचमा भदौ १४ देखि भने ६ प्रकारका वस्तुको आयात खुलाइए पनि चार प्रकारका वस्तुमा प्रतिबन्ध कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *