आर्थिक

भाइ मसलाको कस्तो छ बजार मूल्य ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ८ गते २०:४७
भाइ मसलाको कस्तो छ बजार मूल्य ? (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ काठमाडौं । भाइटीकाका दिन दाजुभाइलाई भाइमसला दिने प्रचलन छ । ओखर, काजु, किसमिस लगायतका विभिन्न मसला समावेश गरी दिदीबहिनीले दाजुभाइलाई दिने भाइमसलाको मूल्य बजारमा कस्तो छ ?

भाइमसलाका सामग्रीको मूल्य गत वर्षको तुलनामा बढेको छ । काजुको मूल्य प्रतिकिलो ३०० रुपैयाँ बढेको छ । गत वर्ष प्रतिकिलो १ हजार ४०० रुपैयाँदेखि १ हजार ५०० रुपैयाँ किलो रहेको काजुको मूल्य अहिले १९०० रुपैयाँसम्म पुगेको छ ।

बदामको मूल्यमा किलोमा ३०० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेको छ । गत वर्ष तिहारमा प्रतिकिलो ११०० रुपैयाँदेखि ११५० रुपैयाँ प्रतिकिलो रहेको बदामको मूल्य अहिले १४०० पुगेको छ ।

किसमिसको मूल्य किलोमा १०० देखि डेढ सयसम्म बढेको छ । गएको तिहारमा प्रतिकिलो ४०० रुपैयाँ प्रतिकिलो ५०० रुपैयाँसम्म रहेको किसमिस अहिले ५०० देखि ६ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्रि भैरहेको छ । मखनाको मूल्य १ हजार ४० रुपैयाँदेखि १ हजार ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

गत वर्ष तिहारमा मखनाको मूल्य १ हजार रुपैयाँ प्रतिकिलो थियो । मखनाको मूल्यमा ४० देखि ५० रुपैयाँ वृद्धि भएको छ । अंजिरको मूल्य यो वर्ष १८०० देखि १९०० रुपैयाँ प्रतिकिलो छ । गत वर्षको तिहारमा अंजिरको मूल्य १६०० रुपैयाँ प्रतिकिलो पुगेको थियो ।

यस वर्ष अंजिरको मूल्य किलोमा ३०० रुपैयाँसम्म बढेको छ । तिहारमा सबैभन्दा ओखरको मूल्यमा सामान्य वृद्धि भएको छ । गतवर्ष प्रतिकेजी ६०० रुपैयाँसम्म रहेको ओखर अहिले प्रतिकिलो ६८० रुपैयाँसम्म पुगेको छ । पेस्ताको मूल्य यो वर्ष प्रतिकिलो २२०० देखि २५७० रुपैयाँसम्म पुगेको छ ।

गत वर्षको तिहारमा पेस्ताको मूल्य प्रतिकिलो १७०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म थियो । अन्य भाइमसलाको भाउ बढे पनि छोक्डाको भने घटेको छ । गत वर्ष प्रतिकिलो १०८० रुपैयाँसम्म पुगेको छोक्डा अहिले प्रतिकिलो १ हजारभन्दा कम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *