आर्थिक

घट्यो पालाको माग, चल्न छाड्यो पाला बनाएर गुजारा (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ६ गते १८:१३
घट्यो पालाको माग, चल्न छाड्यो पाला बनाएर गुजारा (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ भक्तपुर । नेपालीको दोश्रो ठूलो चाड तिहार शुरु भइसकेको छ। उज्यालो पर्व तिहारमा पछिल्लो समय आयात गरिएका बत्तीको प्रयोग बढ्दै जाँदा माटाका भाँडाको माग घटेको छ ।

एक दशक पहिलेसम्म माटाकै भाँडाबाट गुजारा चालाउँदै आएका भक्तपुरका स्थानीय विकल्प खोज्न थालेका छन् ।

उहाँ भक्तपुरका सहदेव प्रजापति । किशोर अवस्था नटेक्दै माटोको भाँडा बनाउने पेशा रोज्नु भएका उहाँ ५० वर्ष पुग्न लाग्नुभयो । उहाँले माटोको भाँडा बनाउने पेशा रोजेको ३२ वर्ष पुगेको छ ।

यही पेशाबाट उहाँको परिवारको गुजारा चल्दै आएको छ । तर, पछिल्लो एक दशकमा माटोका भाँडाका विकल्पका रूपमा प्लाष्टिक र धातु रहेका छन । त्यसैले पनि भक्तपुरका भाँडा बनाउनेका लागि समस्या हुँदै आएको छ । अहिले तिहारले छपक्कै छोपेको छ । तर तिहारका लागि आवश्यक पर्ने माटोको पालाको माग नै कम छ ।

अहिले भाँडा बनाउन आवश्यक माटो नपाउने, पहिले आफैंले खनेर ल्याउने गरेको अहिले किन्नुपर्ने र समयमै माटो नपाउने जस्ता समस्या खेप्नु परेको ललित प्रजापतिको गुनासो छ । यस्तै माग कम र उत्पादन लागत बढी हुने भएकाले माटोका भाँडा बनाउने उत्साह कम हुँदै गएको उहाँ बताउनु हुन्छ ।

मानिसले विधिका लागि भन्दै दई चार वटा मात्रै किन्ने गरेको भक्तपुरमा माटोको भाँडा बेच्दै आउनुभएकी मायादेवी प्रजापतिले जानकारी दिनुभयो । जसले गर्दा बजारमा उत्साहजनक व्यापार नै नरहेको उहाँ बताउनुहुन्छ ।

अहिले माटोका भाँडाको विकल्प प्लाष्टिक र धातुका भाँडा बन्दै गए पनि कतिपयले भने माटोको भाँडामा जस्तो रौनक अरुमा नहुने भन्दै माटोको भाँडालाई नै रोज्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *