Main News

विश्वकप कतार २०२२ का सबै खेल हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ५ गते १४:५९
विश्वकप कतार २०२२ का सबै खेल हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७९ काठमाडौं । कतारमा आगामी महिना आयोजना हुने विश्वकप फुटबल हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

हिमालय टेलिभिजनबाट दुई वटा च्यानलमार्फत खेलको प्रसारण गर्ने गरी तयारी थालिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिनुभयो ।

नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन लागिएको हो ।

ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको छ ।

फिफाले यसपटक दक्षिण एशियाली देशमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेल हेर्न पाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *