आर्थिक

दैनिक ३० केजी सुनको भाग, कोटा प्रणालीका कारण बजारमा अभाव(भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ४ गते २१:१९
दैनिक ३० केजी सुनको भाग, कोटा प्रणालीका कारण बजारमा अभाव(भिडियो रिपोर्टसहित)

४ कात्तिक २०७९ काठमाडौं । तिहार सुनचाँदीको धेरै बिक्री हुने चाड हो । अहिले पनि बजारमा दैनिक ३० केजीभन्दा बढीको माग छ । तर सुनचाँदी आयातमा लागू गरिएको कोटा प्रणालीको कारण बजारमा सुनको अभाव भएको छ । माग बढी आपूर्ति कम हुँदा अहिले बजारमा सुनचाँदीको अवैध कारोबार समेत बढेको छ ।

तिहारमा सुनचाँदीका गरगहनासहित चाँदीका भाडाकुडाको समेत उल्लेख्य परिमाणमा बिक्री हुने गर्छ । यो सातादेखि दैनिक ३० देखि ३५ केजीसम्म सुन र २ हजार केजीसम्म चाँदीको माग छ । तर सरकारले सुनचाँदी आयातको कोटा घटाएकाले व्यवसायी माग पूरा गर्न सकेका छैनन् । सुनको आयात कोटा दैनिक १० केजी तोकिएको छ । कोटामा पनि बैंकले नियमित आयात नगरेका कारण बजारमा प्रयाप्त सुन नभएको भन्दै ग्राहक फर्काउन बाध्य छन् ।

दशैंपछि १ सय केजी सुन आयात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै सुनको आयात घटेको छ । भदौसम्म कुल ५ सय ११ केजी सुन आयात भएको छ । चाँदी १४ सय १५ केजी आयात भएको छ । माग धेरै आपूर्ति कम हुँदा सुनचाँदीको अवैध कारोबार समेत मौलाएको छ ।

धनवन्तरी जयन्तीको दिन पूजा गर्नको लागि केही न केही नयाँ सामान किन्ने चलन छ । त्यसमा पनि सुन र चाँदीको विशेष पूजा गर्ने गरिन्छ । त्यसैले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुन र चाँदीको असर्फी किन्नेको पनि भिड बढेको छ ।

टक्सार महाशाखाले १० ग्राम, ५ ग्राम र २ दलशमव ५ ग्रामको असर्फी बिक्री गरिरहेको छ । यसको मूल्य सुनको बजार मूल्यको आधारमा तय हुने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *