Main News

५६ सय ३६ उम्मेदवार चुनावी मैदानमा, आजदेखि प्रचारप्रसारमा जुट्ने

हिमालय टिभी
२०७९ असोज २७ गते १०:४३
५६ सय ३६ उम्मेदवार चुनावी मैदानमा, आजदेखि प्रचारप्रसारमा जुट्ने

२७ असोज २०७९ काठमाडौं । ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएसँगै प्रतिनिधि सभामा २ हजार ५ सय ३१ जना र प्रदेश सभामा ३ हजार २ सय २४ उम्मेदवार कायम भएका छन् ।

प्रतिनिधि सभामा २ हजार १ सय ८७ पुरुष र २ सय २५ महिला उम्मेदवार छन् भने प्रदेशमा २ हजार ९ सय ४३ पुरुष २ सय ८० जना महिला तथा तेस्रो लिङ्गी १ जना छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्नसमेत प्रदान गरेकाले आजदेखि उम्मेदवारले मौन अवधि शुरु नहुँदासम्म प्रचार गर्न पाउनेछन् । तर स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफू वहाल रहेको स्थानीय तहमा केही जनप्रतिनिधी उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *