आर्थिक

विक्री नै भएनन् खसीबोका, विक्री भए पनि उचित मूल्य नआउँदा इलामका किसान चिन्तित (भिडियो रिपोर्टसहित)

२०७९ असोज १५ गते १४:३७
विक्री नै भएनन् खसीबोका, विक्री भए पनि उचित मूल्य नआउँदा इलामका किसान चिन्तित (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ इलाम । विशेष गरेर खसीबोकाको कारोबार चाडपर्वमा बढी हुन्छ । बाख्रा पालनमा लाग्ने किसान त खसीबोका बेचेरै दशैं तिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् । तर यो वर्ष विक्रीमा समस्या अनि विक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् ।

दशैं तिहारको समयमा खसीबोकाको कारोबार बढी हुने भए पनि इलाममा भने यसको कारोबार दुई वर्षयता घटेको छ । बजारको उचित व्यवस्थापन नहुँदा किसानलाई न्यूनतम मूल्य दिएर खरिद गर्दै आउनु परेको व्यापारीको गुनासो छ ।

इलाम नगरपालिकाको इलाम बजार र देउमाई नगरपालिकाको मंगलबारे बजारमा खसी बोकाको कारोवार अधिक हुन्छ ।

मासुको रूपमा अत्यधिक प्रयोग हुने खसीको कारोबार घट्दा व्यापारी एकातिर निराश छन् भने यसको प्रत्यक्ष असर उत्पादन गर्ने किसानलाई परेको छ । दुःख गरे अनुसार किसानले उचित मूल्य समेत पाउन सकेका छैनन् ।

इलाम बजारमा ल्याइएका खसी, बोका झापाका बजार सहित काठमाडौंमा निर्यात हुँदै आएको छ । तर, पशु विकास अधिकृत भने मासु खाने मानिसको संख्या घट्दा खसीबोका विक्रीमा कमी आएको दावी गर्छन् ।

केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक बर्षमा २ लाख ४२ वटा खसी बाख्रा उत्पादन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *