आर्थिक
अमेरिकी डलरको भाउ अहिसम्मकै महंगो
२०७९ असोज ८ गते १६:२३

८ असोज २०७९ काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि डलरको सन्दर्भ मूल्य १२९ रुपैयाँ ८९ पैसा तोकेको छ ।
अब एक डलर खरिद गर्न नेपाली रुपैयाँ १२९ रुपैयाँ ८९ पैसा खर्चनुपर्ने छ । डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो।
नेपाली मुद्रा भारतीय मुद्रासँगको स्थिर बिनिमय दर छ । डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। डलर महंगो पर्दा नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रमा घाटा बढ्दै जान्छ ।
तर चाडपर्वका बेला धेरै रेमिट्यान्स आउने हुँदा रेमिट्यान्स पठाउनेलाई भने केही लाभ हुने छ ।
प्रतिक्रिया