हिमालय टेलिभिजनका समाचार प्रमुख बाँनिया सम्मानित

२ असोज २०७९ काठमाडौं । यस वर्षको ‘हरिप्रसाद–कल्याणी रिमाल सञ्चार सेवा सम्मान’ बाट हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बाँनिया सम्मानित हुनु भएको छ।
आज एक विशेष कार्यक्रमका बीच हरिप्रसाद–कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले समाचार प्रमुख बाँनियालाई उक्त सम्मान प्रदान गरेको हो ।
प्रतिष्ठानले हरेक वर्ष नाट्य, चालचित्र, संगीतका साथै पत्रकारिता क्षेत्रमा उल्लेख्य योग्दान पुर्याउने विशिष्ट व्यक्तिलाई सम्मानित गर्दै आएको छ।
यस वर्षको हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कार नाट्यकर्मी सुनिल पोखरेल, महेन्द्र मालङगीया, गायिका ज्ञानु राणा, नुपुर भट्टाचार्य र कलाकर्मी प्रभाकर शर्मालाई प्रदान गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बासुदेव त्रिपाठीले नाटक र संगीतका क्षेत्रमा डा. हरिप्रसाद रिमालको योग्दान अविष्मणीय रहेको बताउनुभयो ।
नेपाली नाटकलाई नयाँ उचाईमा पुर्याउन प्रोत्साहन गर्ने उद्धेश्यले हरिप्रसाद–कल्याणी रिमाल नाट्य–संगीत प्रतिष्ठानले हरेक वर्ष नाट्य, संगीत र सञ्चार क्षेत्रमा लागेकालाई सम्मान गर्दै आएको छ।
प्रतिक्रिया