Main News

टुकुचा मिचेर बनाइएका संरचना नभत्काउन अदालतको आदेश

हिमालय टिभी
२०७९ असोज २ गते १७:११
टुकुचा मिचेर बनाइएका संरचना नभत्काउन अदालतको आदेश

२ असो ज २०७९ काठमाडौं । उच्च अदालत पाटनले टुकुचा मिचेर बनाइएको संरचना नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरकालिन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ ।

जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *