आर्थिक

आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

हिमालय टिभी
२०७९ असोज १ गते ९:०९
आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

१ असोज २०७९ काठमाडौं । आजबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।

सरकारले दसैँ, तिहार र छठलाई लक्षित गर्दै देशभरका ४१ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । चाडपर्वमा उपभोक्तालाई राहत दिन हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत् सुपथ मूल्य पसल सञ्चालन हुँदैछ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत् सुपथ पसल सञ्चालन गर्नेछन् ।

चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन खाद्य कम्पनीलाई २ करोड ३२ लाख र साल्ट टे«डिङलाई १ करोड रुपैयाँ छुट्याइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।

खाद्य कम्पनीले यसवर्ष दसैँका लागि झन्डै ३ हजार खसीबोका र १ हजार च्याङ्ग्रा पनि ल्याउने भएको छ ।

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भोलिदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *