आर्थिक

अर्थमन्त्री भर्सेस गभर्नर : वास्तवमा कस्तो छ अर्थतन्त्रको अवस्था ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १८ गते १६:५९
अर्थमन्त्री भर्सेस गभर्नर : वास्तवमा कस्तो छ अर्थतन्त्रको अवस्था ? (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको होसियारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताउनुभएको छ ।

काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभा अर्थमन्त्री शर्माले सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान नपाएको दाबी गर्नुभयो ।

अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै अर्थमन्त्री शर्माले आगामी दिनमा अझै सकारात्मक हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. विश्व पौडेलले सरकारी निकायहरू नेपाल श्रीलंका बन्छ भन्ने कुरामा कहिले पनि नआत्तिएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले आगामी दिन नेपालको भविष्य उज्ज्वल रहेको बताउनुभयो । उहाँले रेमिट्यान्सको रकम घर निर्माण सकेर अब उत्पादनमा लाग्न थालेको उदाहरण दिंदै आगामी दिन भविष्य राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको जोखिम कम नभएको टिप्पणी गर्नुभयो । उहाँले अर्थतन्त्र सहज भइनसकेकाले आयातमा केही वस्तुको कडाइ कायम रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *