आर्थिक

७० लाख श्रमिक र विपन्न किसानलाई व्यवसाय गर्न ऋण दिने तयारी

हिमालय टिभी
२०७९ भदौ १३ गते १३:१८
७० लाख श्रमिक र विपन्न किसानलाई व्यवसाय गर्न ऋण दिने तयारी

१३ भदौ २०७९ काठमाडौं । श्रमिक एवम् विपन्न किसानले व्यवसाय गर्न ८ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण पाउने भएका छन् ।

सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर मजदुर एवम् विपन्न किसानलाई बढीमा ८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको हो ।

अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ खर्ब रुपैयाँको कोष स्थापना हुने र कोषमार्फत् विपन्न वर्गका ७० लाख नागरिकलाई सहुलियत ऋण दिइने छ।

कृषि क्षेत्रको रुपान्तरणका लागि सहज र सरल किसिमको कृषि कर्जा उपलब्ध लघुवित्त कोष स्थापना गर्न लागिएको जनाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष २०७९–८० को बजेट मार्फत किसानलाई आवश्यक पर्ने कृषि कर्जा जनताको घरदैलोमा पुर्‍याउन ५ खर्ब बराबरको कर्जा प्रवाह गर्न लघुवित्त कोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *