आर्थिक

मुगुमा बढ्यो स्याउ उत्पादन, किसानलाई बजारको समस्या (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १२ गते १६:१६
मुगुमा बढ्यो स्याउ उत्पादन, किसानलाई बजारको समस्या (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७९ मुगु । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । सामान्यतया मुगुमा भदौ र असोजमा स्याउ टिपिन्छ । अहिले मुगुका किसानलाई स्याउ टिप्ने चटारो छ ।

मुगुको बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलाई स्याउको पकेट क्षेत्र मानिन्छ । भदौ लागेदेखि यो क्षेत्रका किसान स्याउ टिप्न ब्यस्त छन ।

अधिकांश किसान बिहान सबेरै देखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त हुने गरेका छन् । भदौको अन्तिममा मात्रै स्याउ टिप्न मिल्ने भए पनि बजार नपाउने भएकाले अहिले नै स्याउ टिप्ने क्रम बढेको छ ।

स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने भएकाले किसान बगैंचा खाली गर्न थालेका छन् । केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएकाले व्यापारी बगैँचामा आएको मौकामा स्याउ बेच्न थालेका छन् । यो वर्ष उत्पादन धेरै भए पनि बजारीकरणको समस्या भने यथावत छ ।

किसानको बगैँचामै पुगेर व्यापारीले ३० रुपैयाँ प्रतिकिलो स्याउ किनिरहेका छन । अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष १० प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान छ ।

कर्णालीमा भरपर्दो सडक नहुँदा र बजारीकरण गर्न नसक्दा जति नै स्याउ उत्पादन भए पनि किसान खुसी छैनन् । स्थानीय तहले उत्पादनसँगै बजारीकरणमा सहयोग गर्नुपर्ने किसानको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *