राजनीति

आगामी निर्वाचनमा इलाम-१ बाटै उम्मेदवारी दिने खनालको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ५ गते १६:३२
आगामी निर्वाचनमा  इलाम-१ बाटै उम्मेदवारी दिने खनालको घोषणा (भिडियो रिपोर्टसहित)

५ भदौ २०७९ भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा इलाम क्षेत्रनम्बर १ बाटै उम्मेदवारी दिने बताउनुभएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता खनालले अन्तिम पटक प्रत्यक्षतर्फबाटै इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताउनुभयो ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावमा सहभागी हुने जनाउँदै जित सुनिश्चित रहेको दावी गर्नुभयो ।

दक्षिणपन्थी अवसरवादले एमालेमा विखण्डन ल्याए बताउँदै नेता खनालले अहिले एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्