आर्थिक

नेपालमा इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय

हिमालय टिभी
२०७९ साउन ३१ गते १८:२५
नेपालमा इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय

३१ साउन २०७९ काठमाडौं । भारतमा निरन्तर मूल्य घटेर आए पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।

निगमले आज पत्रकार सम्मेलन गरी भारतबाट मूल्य घटेर आए पनि अझै ऋणको दायित्व धेरै भएकाले हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नयाँ मूल्यपछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको बताउनुभयो ।

उहाँले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहेको जानकारी दिनुभयो ।

सरकार र वाणिज्य बैंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।

निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले जानकारी दिनुभयो ।

भारतबाट मूल्य घटेर आएको यो तेस्रो पटक हो । यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *