आर्थिक

शेयर बजारमा लगानीको अवसर, ३० कम्पनीको आइपीओ आउँदै (भिडियो रिपोर्टसहित)

२०७९ साउन २८ गते २०:३२
शेयर बजारमा लगानीको अवसर, ३० कम्पनीको आइपीओ आउँदै (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । पछिल्लो समय प्राथमिक शेयर आइपीओमा लगानीकर्ताको आकर्षण निकै बढेको छ। प्रायः कम्पनीहरुको आइपीओमा माग भन्दा धेरै गुण बढी आवेदन पर्ने गरेको छ ।

आइपीओमा मात्रै लगानी गर्नेहरुका लागि पनि अब थप लगानी गर्ने अबसर मिल्दैछ । छिट्टै ३० कम्पनीले १ करोड ६३ लाख कित्ता शेयर जारी गर्दैछन् । हेरौ कुन कुन कम्पनीले कति कित्ता शेयर जारी गर्दैछन् ।

केही समयअघि अभियान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा मागभन्दा १७ गुणबढी आवेदन पर्‍यो । कम्पनीले ९ लाख १३ हजार ७५० कित्ता शेयर आवेदन माग गरेकोमा २० लाख ४३ हजार आवेदनकर्ताले १ करोड ६३ लाख ६६ हजार कित्ता शेयरका लागि आवेदन दिए । पछिल्लो समय निष्काशन हुने प्रत्येक आइपीओमा मागभन्दा निकै बढी आवेदन पार्न थालेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार अब छिट्टै ३० वटा कम्पनीको आइपीओ आउँदैछ । विभिन्न क्षेत्रका ती कम्पनीहरुले ६ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ बराबरको ६ करोड ४२ लाख ७८ हजार कित्ता आइपीओ निष्काशनका गर्दैछन् । निष्कासनका लागि आवेदन दिएकामध्ये जलविद्युत क्षेत्रका १६ वटा, उत्पादन तथा प्रशोधनका ३–३ वटा, बीमा र होटलका २(२ वटा र एउटा इन्भेष्टमेन्ट कम्पनीको छ ।

आवेदन दिएकामध्ये सबैभन्दा धेरै सानिमा मिडिल तमोरले ८३ लाख ३१ हजार २५० कित्ता दोस्रोमा घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गर्नेछन् । यस्तै आइएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्सलले ६०–६० लाख कित्ता, हाथवेय इन्भेष्टमेन्टले २९ लाख ५५ हजार, मायादेवि जलविद्युतले ३४ लाख कित्ता शेयर जारी गर्ने छन् ।

सिटी होटलले १६ लाख ६४ हजार, सुपरमादी हाइड्रोपावरले ३१ लाख ५० हजार, डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार, कालिञ्चोक दर्शनले १२ लाख, सृजनशील लघुवित्तले ३ लाख ९३ हजार र सबैभन्दा कम विपीडब्लु लघुवित्तले ९७ हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ । ट्रेड टावरले पनि ११ लाख ५८ हजार कित्ता शेयर जारी गर्नका लागि आवेदन दिएको छ ।

सय रुपैयाँ मूल्यमा किनेको शेयर परेमा राम्रै प्रतिफलमा बेच्न पाइने भएका कारण आवेदन बढी पर्ने गरेको देखिन्छ । यसले शेयर बजारलाई थप विस्तार गर्न मद्दत पुगेकाले उनीहरुलाई बजारमा टिकाइ राख्न पूँजी बजारबारे थप साक्षर बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब वा सोभन्दा बढी चुक्तापूँजी भएका र वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी अनिवार्य रुपमा शेयर जारी गरि दोस्रो बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरेको छ । यसले पनि अब धेरै कम्पनीमा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *