आर्थिक

सानिमा बैंकले पायाे २ करोड अमेरिकी डलर ऋण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २५ गते २०:२९
सानिमा बैंकले पायाे २ करोड अमेरिकी डलर ऋण (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता ल्याएको छ ।

आज बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले लघु, साना तथा मझौला उद्योग (एमएसएमइज) का लागि २ करोड अमेरिकी डलर ऋण भित्र्याएको जानकारी दिएको हो ।

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सहायतामा २ करोड अमेरिकी डलर ऋण मुलुकभित्र ल्याएको हो । पत्रकार सम्मेलनमा बोल्र्दै कार्यक्रममा बोल्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमइज सेक्टरमा कर्जा प्रवाह गर्न सहजता हुने बताउनु भयो ।

उहाँले आइएफसीसँगको सम्झौता अनुसार प्राप्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सानिमा बैंक स्वयंले पनि साना तथा लघु उद्योग माझ आफ्नो व्यवसाय फैलाएको वाणिज्य बैंक हो । बैंकले कर्जा पोर्टफोलियोको ३५ प्रतिशत ऋण लघु साना तथा मझौला उद्योगमा बिस्तार गरेको छ । ४४ अर्ब रुपैयाँ बराबरको कर्जा यस्ता लघु उद्योगहरूलाई बैंकले प्रदान गरेको छ ।

बैंकले २५०० लघु उद्यमीहरूले उक्त कर्जाको उपयोग गरेका छन् । कर्जाको उपलब्धताको परिणाम स्वरूप यी उद्योगहरूले ५ हजार रोजगारी श्रृजना गर्न सफल समेत भएको बैंकले दाबी गरेको छ । बैंकले आगामी दिनमा साना मझौला तथा घरेलु उद्योगहरूलाई सहयता गरी थप दुई हजार रोजगारी श्रृजना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *