Main News

मनोहरामा बाढी, सुकुम्वासीका घर र प्रहरी कार्यालयमा क्षति (भिडियो रिपोर्टसहित)

२०७९ साउन २५ गते १३:५३
मनोहरामा बाढी, सुकुम्वासीका घर र प्रहरी कार्यालयमा क्षति (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । गएरातिको वर्षाले काठमाडौंका नदी आसपासका क्षेत्रमा रहेका घर, टहरा र प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ । बाढीले मनोहरा खोला आसपासमा बढी क्षति पुर्‍याएको हो ।

मंगलबार राती अविरल वर्षासँगै आएको बाढीले भक्तपुरको काँडाघारी र हरहर महादेवमा क्षति पुर्‍याएको छ । मनोहरा खोलामा आएको बाढी वस्तीमा छिरेपछि स्थानीय त्रासमा छन् ।

प्रहरी प्रभाग काँडाघारीसहित एक सयभन्दा बढी घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरी कार्यालयमा रहेका दुई पांग्रे सवारी साधनमा बाढीले क्षति पुगेको छ भने अन्य सवारी साधनमा पनि सामान्य क्षति भएको छ ।

प्रहरी प्रभागको भूँइतला जलमग्न हुँदा खाद्यान्नसमेत बगाएको छ । यस्तै खोला आसपासका स्थानीयको घर र गाईगोठमा समेत क्षति पुगेको छ ।

प्रहरी कार्यालयमा नै क्षति भएकाले प्रारम्भिक विवरण संकलनको कामसमेत सुस्त भएको छ । स्थानीयहरु धमाधम क्षति विवरण बुझाइरहेका छन् । मनोहरा खोलाको दुवैतर्फ लगाइएको पर्खाल पूर्ण रूपमा बनिनसकेकाले यसअघि पनि बाढी वस्तीमा पस्ने गरेको स्थानीय बताउँछन् ।

सुकुमबासीका घर, टहरा बागाएकाले उनीहरुलाई थप समस्या परेको छ । बाढीले टहरा बगाएपछि बालबालिकालाई खुल्ला आकासमुनी सुताउनुपर्ने बाध्यतामा परेका पीडितले सरकारी निकायबाट सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *