आर्थिक

वाणिज्य बैंक खुद नाफा बढ्यो, कति दिन्छन् लाभांश ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन २२ गते २०:४२
वाणिज्य बैंक खुद नाफा बढ्यो, कति दिन्छन् लाभांश ? (भिडियो रिपोर्टसहित)

२२ साउन २०७९ काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

तरलता अभावले माग गरेअनुसारको कर्जा प्रवाह गर्न नसके पनि बैंकहरुले खुद नाफा भने अघिल्लो वर्षको तुलनमा २३ प्रतिशतले बढाएका छन् । यो नाफाबाट वाणिज्य बैंकहरुले लगानीकर्तालाई २ दशमलव ५३ प्रतिशतदेखि ४१ दशमलव प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् ।

गत आर्थिक वर्ष २०७८–०७९ मा वर्षभरि नै लगानीयोग्य रकम तरलता अभावको समस्या भोगेका बैंकहरु नाफामा उल्लेख्य वृद्धि गर्न सफल भएका छन् । हाल संचालनमा रहेका २६ वटा वाणिज्य बैंकले ७४ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा खुद नाफा २३ दशमलव १४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष संचालनमा रहेका २७ वटा वाणिज्य बैंकले ६० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ भने दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा नबिल बैंक रहेको छ । जबकि गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कुल ५ खर्ब १५ अर्ब रुपैयाँ अर्थात् १२ प्रतिशत मात्र कर्जा विस्तार गरेका छन् ।

गत आर्थिक वर्षमा कुन बैंकको खुद नाफा कति ?
राष्ट्रिय वाणिज्य बैंक –५ अर्ब २१ करोड रुपैयाँ
ग्लोबल आइएमई बैंक –५ अर्ब २० करोड रुपैयाँ
नबिल बैंक– ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ
एनआईसी एसिया– ४ अर्ब ५२ करोड रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट बैंक– ४ अर्ब ८ करोड रुपैयाँ
प्राइम बैंक– ३ अर्ब ६८ करोड रुपैयाँ
एनएमबी बैंक– ३ अर्ब ७० करोड रुपैयाँ
सिद्धार्थ बैंक– ३ अर्ब २१ करोड रुपैयाँ
नेपाल बैंक– ३ अर्ब २६ करोड रुपैयाँ
प्रभु बैंक– २ अर्ब ६० करोड रुपैयाँ
सिटिजन्स बैंक– २ अर्ब २५ करोड रुपैयाँ
माछापुच्छ्रे बैंक– २ अर्ब १६ करोड रुपैयाँ
सनराइज बैंक– २ अर्ब १५ करोड रुपैयाँ
लक्ष्मी बैंक– १ अर्ब ६० करोड रुपैयाँ
एनसीसी बैंक– २ अर्ब २ करोड रुपैयाँ
स्टयान्डर्ड चार्टर्ड बैंक– २ अर्ब २६ करोड रुपैयाँ
एभरेष्ट बैंक– २ अर्ब ५४ करोड रुपैयाँ
कुमारी बैंक– २ अर्ब ८३ करोड रुपैयाँ
मेगा बैंक– २ अर्ब ८३ करोड रुपैयाँ
कृषि विकास बैंक– २ अर्ब ६९ करोड रुपैयाँ
सानिमा बैंक– २ अर्ब २९ करोड रुपैयाँ
हिमालयन बैंक– २ अर्ब ४८ करोड रुपैयाँ
बैंक अफ काठमाण्डू– १ अर्ब ८२ करोड रुपैयाँ
नेपाल एसबीआई बैंक– १ अर्ब ६३ करोड रुपैयाँ
सिभिल बैंक– १ अर्ब ३८ करोड रुपैयाँ
सेञ्चुरी बैंक– १ अर्ब ३५ करोड रुपैयाँ

यो नाफाबाट वाणिज्य बैंकहरुले लगानीकर्तालाई २ दशमलव ५३ प्रतिशतदेखि ४१ दशमलव १५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् । लगानीकर्तालाई सबैभन्दा बढी एभरेष्ट बैंकले ४१ प्रतिशत र सबैभन्दा थोरै सनराइज बैंकले ३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता राख्छन् ।

लाभांश वितरणको क्षमता बढी राख्ने दोस्रो नम्बरमा रहेको नबिल बैंक ३९ प्रतिशत र तेस्रोमा कृषि विकास बैंकले २९ दशमलव ६३ प्रतिशत क्षमता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *