पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि तत्काल मूल्य समायोजन नगर्ने आयल निगमको संकेत

१८ साउन २०७९ काठमाडौं । भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटेको सूची पठाएपनि नेपाल आयल निगमले तत्काल मूल्य समायोजन नगर्ने संकेत गरेको छ ।
आयल निगमको सञ्चालक समितिले कुनै निर्णय नगरेकाले तत्काल समायोजन भइहाल्ने अवस्था नरहेको बताइएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले सञ्चालक समितिको निर्णय आएपछि मात्र मूल्य समायोजनबारे बोल्न सक्ने प्रतिक्रिया दिनुभएको छ ।
पछिल्लो पटक भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ ।
यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ । तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने मूल्य समायोजन हुन सक्ने बताएको छ ।
प्रतिक्रिया