Main News

यस्तो छ विपद् सामूहिक उद्धार एम्बुलेन्स (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ८ गते १८:११
यस्तो छ विपद् सामूहिक उद्धार एम्बुलेन्स (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ काठमाडौं । विपदबाट हुने सामूहिक घाइतेको गाडीमै उपचार गर्ने सुविधासहितको अत्याधुनिक सेवा सुविधायुक्त एम्बुलेन्स सञ्चालनमा आउने भएको छ ।

सशस्त्र प्रहरीको सञ्चालन र व्यवस्थापन रहने, हेर्दा बस जस्तो देखिए पनि अत्याधुनिक अस्पतालमा झैँ उपकरण र सेवा भएका यो एम्बुलेन्स सात वटा प्रदेशमा १–१ वटा र एउटा काठमाडौं उपत्याकामा सञ्चालन हुने छन् ।

विपद् सामूहिक उद र एम्बुलेन्स । यो एम्बुलेन्सलाई विपदमा परेर घाइते भएकाहरुको समूहिक उद्धारका लागि प्रयोग हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

यसमा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण जडान गरिनुका साथै ६ वटा वेडसमेत रहेका छन् । विपदबाट हुने घटनाका घाइतेलाई अकालमै मृत्युबाट यो एम्बुलेन्सले जोगाउने विश्वास लिइएको छ ।

यसलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने प्राधिकरणले विश्वास लिएको छ । आठ वटा एम्बुलेन्स मध्ये ७ वटा प्रदेशमा पठाइने र एउटा काठमाडौं उपत्यकामा प्रयोग गरिने छन् ।

सम्पूर्ण एम्बुलेन्स सशस्त्र प्रहरीले सञ्चालन र व्यवस्थापन गर्ने छ । शनिबार एक कार्यक्रमकाबीच गृहमन्त्री बालकृष्ण खाणले ८ वटा विपद् सामूहिक उद्दार एम्बुलेन्स र अन्य आठ वटा ए क्लासका एम्बुलेन्स प्रहरीलाई हस्तान्तरण गर्नुभयो ।

मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापनमा यी एम्बुलेन्स नेपाल ल्याइएको हो । ती मध्ये विपद् एम्बुलेन्स नेपालका लागि नयाँ र उपयोगी मानिएको छ । आधिकारीक रुपमा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएपछि अहिले सशस्त्र प्रहरी यसको कार्यविधि बनाउन लागि परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *