Main News

कल सेन्टरमा प्रहरीको छापा, ७ जना सञ्चालकसहित डेढ सय युवायुवती पक्राउ

हिमालय टिभी
२०७९ साउन ८ गते १७:०३
कल सेन्टरमा प्रहरीको छापा, ७ जना सञ्चालकसहित डेढ सय युवायुवती पक्राउ

८ साउन २०७९ रुपन्देही । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालकसहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

रुपन्देहीको जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर आमनागरिकलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत काममा आएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *