आर्थिक

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

हिमालय टिभी
२०७९ साउन ६ गते ७:३०
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

६ साउन २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७९–०८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । यसअघि हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा प्रधानमन्त्री देउवालाई बिफ्रिङ गर्नुभएको थियो ।

अन्तिम ड्राफ्टलाई प्रधानमन्त्री देउवाले स्वीकृति दिएसँगै आज बिहान सञ्चालक समितिको बैठक बस्नेछ । मौद्रिक नीति राष्ट्र बैंकको सञ्‍चालक समितिबाट पास गर्नुपर्ने व्यवस्था छ।

संचालक समितिको सो बैठकबाट पास भएपछि गभर्नर अधिकारीले सार्वजनिक गर्नुहुनेछ । केन्द्रीय बैंकले चालू वर्षका लागि बाह्य क्षेत्र र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर कसिलो मौद्रिक नीति ल्याउने जनाउ यस अघिनै दिइसकेको छ ।

निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चितिलगायतका कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्यवृद्धि वाञ्छित सीमामा राख्नुपर्ने ठूलो चुनौती राष्ट्र बैंकलाई छ ।

उद्योगी, व्यवसायीहरुले भने अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सन्तुलित मौद्रिक नीति ल्याउनुपर्नेमा पक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *