आर्थिक

नेप्से परिसूचकमा झिनो गिरावट

२०७९ साउन ५ गते १६:४४
नेप्से परिसूचकमा झिनो गिरावट

५ साउन २०७९ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागर दुई हजार ४४.७२ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अङ्कले ओरालो लागेर ३९१.६४ मा ओर्लिएको छ । कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २.२९ र अन्य उपसमूहको शेयर १६.५५ अङ्कले उकालो लागेको छ । व्यापार ३२.६, होटल तथा पर्यटन २०.६३, विकास बैंक ३४.९२, जलविद्युत् १४.२८, वित्त १५.०४, निर्जीवन बीमा ६४.३२, उत्पादन १३.२६, लघुवित्त २१.९८, जीवन बीमा १५०.३४, सामूहकि लगानी कोष ०.०७ र लगानी ०.७२ अङ्कले ओरालो लागे ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६७१ बराबर रहेको छ । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८० लाख बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु ११ करोड २२ लाख ६२ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु छ करोड २८ लाख २४ हजार ६३६, हिमालयन डिस्टिलरी रु छ करोड दुई लाख ४९ हजार ७७० र नेपाल एसबीआई बैंक रु चार करोड १२ लाख पाँच हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी ३.१६, जनउत्थान सामुदायिक लघुवित्त २.७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २.७२, नेशनल माइक्रोफाइनान्स २.५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, आइसीएफसी फाइनान्सको ऋणपत्र ६.७१, किसान लघुवित्त ५.३५, साधाना लघुवित्त ४.४५, सामुदायिक लघुवित्त ३.८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३.७२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *