आर्थिक

गत आर्थिक वर्षमा कोरोना संकटका बेला भन्दा पनि कम विकास खर्च (भिडियो रिपोर्टसहित)

२०७९ साउन १ गते २१:२१
गत आर्थिक वर्षमा कोरोना संकटका बेला भन्दा पनि कम विकास खर्च (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ मा करिब आधा मात्रै विकास बजेट खर्च भएको छ। सरकारले मासिक १० प्रतिशत खर्च गर्ने लक्ष्य राखेपनि कोभिड महामारी र विनाशकारी भूकम्प जस्ता संकटका बेला जस्तै खराब स्थिति देखिएको छ। खर्च कम हुनुमा नीतिगत र संरचनागत समस्यालाई कारण मानिएको छ।

गत आर्थिक वर्ष २०७८–७९ मा विकास बजेट खर्च लक्ष्यभन्दा निकै कम मात्र भएको छ । सरकारले मासिक १० प्रतिशत खर्चको लक्ष्य राखेपनि यो वर्ष कुल विनियोजनको ५७ दशमलव २३ प्रतिशत अर्थात २ खर्ब १६ अर्ब २१ करोड रुपैयाँ मात्र खर्च भएको छ।

विकास निर्माणका लागि ३ खर्ब ७४ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले हरेक महिना दशप्रतिशतका दरले शतपतिशत खर्च गर्ने गरी मापदण्ड पनि तयार पारेको थियो । तर कोरोना महामारीको भन्दा केही बढि मात्रै खर्च भयो ।

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने विकास बजेट खर्च ८० प्रतिशतको हाराहारीमा मात्र भएको छ। आर्थिक वर्ष २०७४–०७५ मा ८१ प्रतिशत अर्थात २ खर्ब ६० अर्ब खर्च भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५–०७६ मा ७७ प्रतिशत अर्थात २ खर्ब ४१ अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७६–०७७ मा ४६ प्रतिशत अर्थात १ खर्ब ९१ अर्ब रुपैयाँ खर्च भएको थियो ।

यो वर्ष खर्च कम हुनुमा कोरोना संक्रमणलाई मुख्य कारण मानिएको छ । आघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा ६५ प्रतिशत अर्थात २ खर्ब ८३ अर्ब रुपैयाँ खर्च भएको थियो । संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरिएको छ । तर त्यसले पनि बजेट खर्चमा प्रभावकारी हुन सकेको छैन् । विकास बजेट खर्च न्युन हुनुका पछाडि नीतिगत र संरचनागत समस्या प्रमुख कारण रहेको जानकार बताउँछन् ।

कुल खर्चको पनि करिब आधा खर्च असार महिनामा आएर खर्च हुने गरेको छ । गत आर्थिक वर्ष पनि कुल खर्चको करिब ५३ अर्ब रुपैयाँ असारमा भएको छ । आर्थिक वर्षको अन्तमा खर्च गर्ने प्रवृती हरेक वर्ष मौलाइरहेको छ । यसबाट नेपालको वित्तीय अनुशासन, विनियोजन र कार्यान्वयन क्षमतामै प्रश्न उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *