आर्थिक

बढ्दो व्यापार घाटा: सरकारले आवश्यक सहयोग नगरेको व्यवसायीको गुनासो (भिडियो रिपोर्टसहित)

२०७९ असार २९ गते १८:०६
बढ्दो व्यापार घाटा: सरकारले आवश्यक सहयोग नगरेको व्यवसायीको गुनासो (भिडियो रिपोर्टसहित)

२९ असार २०७९ काठमाडौं । नेपालको व्यापार घाटा वार्षिक बढ्दो छ । आयातको तुलनामा १० प्रतिशत् पनि निर्यात हुन सकेको छैन् । उत्पादित वस्तु विश्व बजारमा विक्री गर्न सरकारले आवश्यक मात्रामा सहयोग नगरेको व्यवसायीले गुनासो गरेका छन् । सरकार भने नीति नै बनाएर सहयोग गरेको दाबी गर्छ ।

नेपालले आयातको १० प्रतिशत् पनि निर्यात गर्न सकेको छैन । आर्थिक वर्ष २०७७–०७८ मा नेपालले १५ खर्ब ३९ अर्ब बराबरको सामान आयात गर्दा १ खर्ब ४१ अर्ब बरारको मात्रै निर्यात गरको भन्सार विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६–०७७ भन्दा सो आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा पनि आयात र निर्यात दुवै बढ्ने विभागको आँकलन छ । नेपालमा नुनदेखि सुनसम्म आयात हुने गरेको छ भने यहाँबाट हस्तकला, अलैँची, भटमास, औषधिजन्य जडीबुटी लगायतका वस्तु निर्यात हुँदै आएको छ । यसमध्ये अधिकांश कच्चा वस्तु छन् । स्वदेशी उत्पादनलाई निर्यात गर्दा समस्या खेप्नु परेको व्यवसायीले गुनासो गरेका छन् । सरकारले पनि आवश्यक मात्रामा सहयोग नगरेको व्यवसायीको गुनासो छ ।

नेपालबाट कच्चा, अर्धतयारी र पूर्ण तयारी वस्तुसँगै पछिल्लो समय सरकारले विद्युतसमेत निर्यात गर्दै आएको छ । यस्ता नेपाली वस्तुले विश्व बजारमा उचित मूल्य भने पाउन सकेका छैनन् । नेपाली उत्पादन निर्यात कम हुनुमा प्रवर्द्धनात्मक क्रियाकलापको अभाव र सरकारको समन्वयात्म भूमिकाको अभाव मुख्य चुनौति रहेको व्यवसायी बताउँछन् । नेपाली वस्तुको निर्यातलाई बढाउन सबैभन्दा बढी भूमिका सरकारले खेल्नुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीले सरकारले असहयोग गरेको गुनासो गरिरहँदा सरकार भने व्यवसायीलाई सकेसम्म सहुलियत दिइरहेको दाबी गर्छ । नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन नीतिगत रुपमा नै सहयोग गरेको सरकारको दाबी छ । आयात बढ्नु व्यवसायीलाई भन्दा सरकारलाई बढी घातक भएकाले सरकार निर्यात प्रवर्द्धनमा नै लागिरहेको बहालवाला मन्त्रीहरुको जवाफ छ ।

नेपालबाट निर्यात हुने वस्तु अधिकांश घरेलु उद्योगबाट उत्पादित छन् । यस्ता उद्योगहरुमा सरकार र वित्तीय क्षेत्रले पनि उपेक्षा गरेको गुनासो सुनिने गरेको छ । वार्षिक रुपमा द्रुत्त गतिमा बढ्दै गएको व्यापार घाटा कम गर्न निर्यातलाई बढावा दिनु आवश्यक छ । यसमा निर्यात व्यवसायी र सरकारले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *