Main News
जसपाको अध्यक्ष यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा शुरु हुँदै
२०७९ असार २९ गते ९:५३
२९ असार २०७९ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा शुरु हुँदैछ ।
यसअघि हिजो केन्द्रीय कार्यव्यवस्था समितिको बैठक पनि वीरगन्जमै बसेको थियो । पार्टी अध्यक्षले केन्द्रीय समितिको बैठक आह्वान गरिरहँदा काठमाडौंमा सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक हिजोदेखि जारी छ ।
दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर उन्मुख भएको छ । छुुट्टै बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू हिजै वीरगन्ज पुगिसकेका छन् ।
प्रतिक्रिया