आर्थिक

कर्णाली प्रदेशले सक्यो असारे विकासका नाममा ११ प्रतिशत बजेट (भिडियो रिपोर्टसहित)

२०७९ असार २५ गते १४:५१
कर्णाली प्रदेशले सक्यो असारे विकासका नाममा ११ प्रतिशत बजेट (भिडियो रिपोर्टसहित)

२५ असार २०७९ काठमाडौं । कर्णाली प्रदेशको खर्च पनि असारमुखी बनेको छ । आर्थिक वर्षको ११ महिनामा ३० प्रतिशत बजेट खर्च गरेको सरकारले असारमा मात्र ११ प्रतिशत खर्च गरेको हो । चालु वर्षका लागि कर्णालीले रू. ३६ अर्ब ५७ करोड ९७ लाख कुल बजेटमध्ये ४ अर्ब २७ करोड २४ लाख असारमै खर्च गरेको छ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारा तय गरी अघि बढेको कर्णाली सरकार बजेट कार्यान्वयनमा भने कछुवाकै गतिमा छ । विगतका वर्षझैँ कर्णालीले यो वर्ष पनि ११ महिनामा ३० प्रतिशत मात्र खर्च गर्‍यो । तर, चालु आर्थिक वर्षको अन्तिम महिनाको २२ दिनमा मात्र ११ प्रतिशत बजेट खर्च भएको छ ।

गत वर्ष ६३ प्रतिशत बजेट खर्च गरेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यो वर्ष २७ प्रतिशत मात्रै खर्च गरेको छ । बाँकी मन्त्रालयहरुले पनि अपेक्षाकृत बजेट खर्च नगर्दा सरकारको आलोचना बढेको छ । गत वर्षहरूको भन्दा यो वर्ष बजेट खर्च सुधारोन्मुख भएको सरकारी दाबी छ । खरिद प्रक्रिया, सम्झौता र काम सम्पन्न गरी असारमा मात्र भुक्तानी लिने प्रवृतिले बजेट खर्च असारमा बढी देखिएको प्रदेश सरकार बताउँछ ।

विनियोजित बजेट खर्च नहुने प्रणाली सुधार गर्न जेठ १५ मा नै बजेट ल्याउनुपर्ने प्रावधान राखियो । आर्थिक वर्षको शुरुवातमै पूर्ण बजेट कार्यान्वयन गर्ने बाटो खोल्दा पनि विकास बजेट असारमै सक्ने प्रवृत्ति भने रोकिएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *