आर्थिक

ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते १६:५७
ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ सुर्खेत । पछिल्लो समय सिउँडी प्रजातिको पोषिलो फलफूल ड्रागन फ्रुटको व्यावसायिक खेती बढ्दो छ । सिँचाइ सुविधा कम भएको रुखो जमिनमा सहजै हुर्कने र उत्पादन समेत राम्रो हुने भएकाले किसानहरू यस खेतीतर्फ आकर्षित भइरहेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का राजेश बुढाले शुरुमा सिमेन्टका पोल गाड्दै गर्दा छिमेकीहरुलाई अचम्म लागेको थियो । तर, पहिलो वर्ष बित्दा नबित्दै ड्रागन फ्रुट फल्न थाल्यो । फल लिएर बजार पनि जानु परेन, किन्ने मानिसहरु घरमा नै आइपुगे ।

१५ कठ्ठामा २६ सय ड्रागन फ्रुट लगाएका राजेशले माग अनुसार उत्पादन गर्न सक्नुभएको छैन । सुरुवातमा ७० लाख लगानी भए पनि पहिलो बर्ष नै १० लाखभन्दा बढी आम्दानी भएको र उत्पादन बढ्दै जाँदा आम्दानी बढ्दै जाने राजेशको आशा छ । यसरी माग धान्न नसक्ने अवस्था भएपछि छिमेकीहरु पनि ड्रागन फ्रुटको व्यवसायिक खेती गर्ने सोचमा पुगेका छन् ।

युवालाई ड्रागन फ्रुट जस्तै नगदे बालीमा संलग्न गराउन सके वैदेशिक रोजगारीको विकल्प बन्न सक्ने देखिन्छ ।

कर्णाली प्रदेशमै पहिलो पटक व्यवसायिक रुपमा ड्रागन फ्रुटको खेतीबाट राम्रो उत्पादन भएपछि अन्य किसानको समेत चासो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *