Main News

काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिनुको कारण के ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २१ गते १६:२१
काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिनुको कारण के ? (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने कानूनी व्यवस्था गर्नु परेको स्पष्ट पार्नु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो स्पष्टीकरण दिनुभयो ।

उहाँले विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै मनसुवा नराखेको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

बैठकमा सत्तारुढ माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले भने सरकारले संघीयताको मर्मविपरीत प्रदेश प्रहरीको अधिकार कटौती हुने गरी विधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले अध्यागमन विभागको सुरक्षामा लापरबाही नगर्न सरकारलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *