Main News
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज अध्यक्षले स्पष्टीकरण दिने
२०७९ असार २१ गते ९:२४

२१ असार २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।
दुई दिनदेखि जारी बैठकअन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिनु हुनेछ । अध्यक्ष प्रचण्डले आइतबार प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले विभिन्न प्रश्न उठाएका छन् ।
जसमाथि अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिनुहुनेछ । माओवादीभित्र पदाधिकारी र स्थायी कमिटी गठनको माग पनि उठेको छ । अघिल्लो वर्ष पुसमा महाधिवेशन सकेको माओवादीले हालसम्म पदाधिकारी चयन गरेको छैन ।
जारी केन्द्रीय समिति बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिइएपनि स्थायी समिति र पोलिटब्यूरो गठन हुन बाँकी छ ।
प्रतिक्रिया