आर्थिक

गुल्मीमा लिची उत्पादन घट्यो, किसान चिन्तित (भिडियो रिपोर्टसहित)

२०७९ असार २० गते १४:४२
गुल्मीमा लिची उत्पादन घट्यो, किसान चिन्तित (भिडियो रिपोर्टसहित)

२० असार २०७९ गुल्मी । गुल्मीमा लिची उत्पादन घटेको छ । लिची खेतीले चिनिँदै आएको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ स्थित च्यूरेक, थोर्गा थानपतिलगायतका क्षेत्रमा लिची उत्पादन घटेपछि किसान चिन्तित छन । उनीहरुले लिचीका बोट नै मासेर अन्य खेती गर्नुपर्ने स्थिति आएको बताएका छन् ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित च्यूरेक, थोर्गा थानपतिमा किसानले लगाएका लिचीमा किरा लाग्ने र फल नलाग्ने समस्या आएपछि करोडौंको क्षति भएको छ । तर, रोग किरा नियन्त्रणको उपाय नहुँदा किसान समस्यामा परेका छन् ।

अघिल्लो वर्ष १ करोड रुपैंयाभन्दा बढीको लिची विक्री गरेका किसान यो वर्ष भएका बोटहरुमा ५ प्रतिशत मात्रै उत्पादन भएको बताउँछन् । लिची किसानले एउटै बोटबाट ८० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए । तर अहिलेको उत्पादनबाट घर खर्च चलाउन समेत मुस्किल हुने देखिन्छ ।

रुरुक्षेत्र गाउँपालिका च्यूरेकमा २०३६ सालबाट शुरु भएको लिची उत्पादनलाई सघाउन गुल्मीमा लिची महोत्सव हुँदै आएको थियो । तर विगत ३ वर्षदेखि उत्पादन घटेको र कोरोनाका कारण लिची महोत्सव हुन सकेको छैन । किसानको समस्या समाधान गर्न पहल गर्ने स्थानीय सरकारले प्रतिबद्धता जनाएको छ ।

रुरुक्षेत्र गाउँपालिकाको च्यूरेकलगायतका स्थानमा २ सयभन्दा बढीले घर छेउ र बारीमा लिची लगाएका छन् । लिची कै भरमा गुजारा गर्ने किसानलाई निकै समस्या परेको छ । लिची खेतीमा देखिएको समस्या समाधान गरेर पेशामा टिकिरहन सहयोग गर्न किसानको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *