राजनीति

डा. बाबुराम भट्टराई : विद्वान नेताबाट अस्थिर नेतासम्म (भिडियो रिपोर्टसहित)

२०७९ असार १८ गते २०:४८
डा. बाबुराम भट्टराई : विद्वान नेताबाट अस्थिर नेतासम्म (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालको राजनीतिमा विद्वान नेताका रुपमा चिनिनुहुन्छ । विकासवादी नेताको छवि बनाएका भट्टराई पछिल्लो समय भने अस्थिर नेताका रुपमा चिनिन थाल्नुभएको छ ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्धको बाटोमा जाने घोषणा गर्‍यो । जतिबेला पेशाले ‘आर्किटेक्ट इन्जिनियर’ समेत रहेका नेता डा. बाबुराम भट्टराई माओवादी आन्दोलनको डिजाइनरका रुपमा चिनिनुहुन्थ्यो ।

उसो त १० वर्षसम्म चलेको सशस्त्र संघर्षमा भट्टराईको भूमिका महत्वपूर्ण मानिन्छ । ०६२ सालमा शान्तिप्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गरेका भट्टराई सांसद,अर्थमन्त्री हुँदै ०६८ भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहालसँग कहिले सहकार्य त कहिले संघर्ष गर्दै आउनुभएका भट्टराईले अन्ततः माओवादी परित्याग गर्नुभयो । उहाँले गरेका केही निर्णयहरु हेरौं –

–०७२ असोज ९ गते एकीकृत माओवादी परित्यागको घोषणा
–०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा
–०७५ जेठ ३ गते नेकपा घोषणासभामा सहभागी, पछि अलग
–०७६ वैशाख २३ गते नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता

नयाँ पार्टी निर्माण, एकता र पुनः अलग बाटो हिँड्ने क्रममा भट्टराई अहिले पुनः जनता समाजवादी पार्टीबाट अलग हुने निर्णयमा पुग्नुभएको छ । मुलुकको प्रधानमन्त्री भइसकेका र विद्वान नेताको छबि बनाएका भट्टराईमा माओवादी परित्यागसँगै देखिएको राजनीतिक अस्थिरता भने अत्यासलाग्दो छ । जसका कारण उहाँकै पूर्व सहकर्मीसमेत भट्टराईलाई अस्थिर चरित्रको राजनीति गर्नभन्दा विचारको मन्थन गरेर बस्न सुझाव दिन थालेका छन् ।

माओवादी र नयाँ शक्ति पार्टीमा सहकार्य गरेका विश्लेषक मुमाराम खनालले यस्तो सुझाव दिनुभएको छ ।

àबाबुराम भट्टराईजीले अब बचेखुचेको ऊर्जा कुनै राजनीतिक दलमा नलगाए हुन्छ । स्वतन्त्र रुपमा आफ्ना अनुभव लेख्ने र सुनाउने गर्दा उहाँको इज्जत पनि रहन्छ । र मुलुकको राजनीतिक वृत्तलाई पनि फाइदा हुन्छ ।’

खनाल मात्र होइन भट्टराईसँग माओवादीमा सँगै काम गरेका नरेन्द्रजँग पिटरको प्रतिक्रिया पनि उस्तै छ । उहाँले लेख्नुभएको छ, ‘आर्किटेक्ट अर्थात् डा. भट्टराईको सँधै किन क्यालकुलेटर बिग्रिरहन्छ त ? फेरि जसपा अध्यक्ष उपेन्द्र यादवबाट अपमान खेप्नुपर्ने नियति, उफ् ।’

सम्भावना बोकेको राजनीतिज्ञ बिग्रँदा व्यक्तिगत रुपमा उसका लागि त क्षति हुन्छ नै, त्यसको असर देशमा पनि पर्छ । आफ्नै निर्णयका कारण बाबुराम कमजोर बन्दै जाँदा देशले समेत एउटा सम्भावना बोकको राजनीतिज्ञ राजनीतिबाट गुमाउने खतरा बढेको छ । अरुले अस्थिर भने पनि आफुलाई गतिशिल दाबा गर्ने भट्टराईको जसपाबाट अलग्गीएपछिको बाटो के होला रु चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्