स्वास्थ्यकर्मीद्वारा दुई घण्टा ओपीडी सेवा बन्द (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते १८:४७
स्वास्थ्यकर्मीद्वारा दुई घण्टा ओपीडी सेवा बन्द (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ भैरहवा । भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीले आज दुई घण्टा ओपीडी सेवा बन्द गरेका छन् ।

सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ता नपाएको भन्दै उनीहरुले बिहान ९ बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द गरेका हुन् ।

आर्थिक वर्ष सकिनै लाग्दासमेत कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखिएको भन्दै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी ११ दिनदेखि आन्दोलित छन ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम प्राप्त गर्नुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *