Main News

लागु पदार्थ दुर्व्यसन चुनौतीका रुपमा बढिरहेको गृहमन्त्री खाणको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १२ गते १३:५८
लागु पदार्थ दुर्व्यसन चुनौतीका रुपमा बढिरहेको गृहमन्त्री खाणको टिप्पणी (भिडियो रिपोर्टसहित)

१२ असार २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लागूपदार्थ दुर्व्यसन चुनौतीको रुपमा बढिरहेको बताउनुभएको छ ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाणले यसले समाजलाई गम्भीर असर पारेको बताउनु भयो ।

उहाँले यसको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परेकाले सरकारले उचित कार्यक्रम ल्याएर नियन्त्रण गर्ने बताउनुभयो ।

विभिन्न आपराधिक गतिविधिमध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झण्डै ८ प्रतिशतभन्दा बढी पुगिसकेको छ । लागु पदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *