आर्थिक

चौतर्फी विरोधपछि सरकारले पेट्रालियम पदार्थको मूल्य घटायो

हिमालय टिभी
२०७९ असार १२ गते ७:४१
चौतर्फी विरोधपछि सरकारले पेट्रालियम पदार्थको मूल्य घटायो

१२ असार २०७९ काठमाडौं । चौतर्फी विरोधपछि सरकारले पेट्रालियम पदार्थको मूल्य घटाएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो ।

अब एक लिटर पेट्रोलको १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । गएराति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ ।

सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ ।

यसअघि पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा सत्तारुढ पाँच दलबीच सहमति भएको थियो । यसअघि सरकारले रुस–युक्रेन युद्धलाई मुख्य कारण देखाएर यसको मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *