आर्थिक

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल लिटरकै १९९ रुपैयाँ

हिमालय टिभी
२०७९ असार ६ गते ७:३४
फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल लिटरकै १९९ रुपैयाँ

६ असार २०७९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ।

अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यस्तै प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेपछि एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भइसेको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ। निगमका अनुसार पेट्रोल लिटरमा १३ रुपैयाँ ५८ पैसा, डिजेल १३ रुपैयाँ ९५ पैसा, मट्टितेल ४३ रुपैयाँ ६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३ रुपैयाँ ६१ पैसा नाफा, बाह्यमा ५६ रुपैयाँ ६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१ रुपैयाँ १४ रुपैयाँ घाटा रहेको छ।

मूल्य बढ्दा पनि मासिक चार अर्ब ७० करोड घाटा रहेको निगमको दाबी छ। असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको निगमले दाबी गरेको छ।

एलपी ग्यासतर्फ मासिक २ अर्ब २८ करोड घाटा रहने निगमले जनाएको छ। निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम २२ अर्ब बक्यौता पुग्ने देखिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *