आर्थिक

पर्यटक लोभ्याउने बागलुङका यी स्थान (भिडियो रिपोर्टसहित)

२०७९ असार ३ गते १७:१८
पर्यटक लोभ्याउने बागलुङका यी स्थान (भिडियो रिपोर्टसहित)

३ असार २०७९ बागलुङ । पछिल्लो समय बागलुङ पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका बागलुङका विभिन्न स्थानमा आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ ।

कोरोना महामारीपछि थलिएको बागलुङको पर्यटन व्यावसाय अहिले भने उकासिन थालेको छ ।

‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङ जिल्ला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

अहिले बागलुङको परिचय झोलुंगे पुलको जिल्लामा मात्र सीमित छैन । अहिले ढोरपाटन उपत्यका, द क्लीफ बञ्जी जम्प, कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय, भैरवस्थान मन्दिर, भकुण्डे, ढोरपाटन शिकार आरक्ष, गाइघाट झरनाजस्ता स्थानमा देशैभरबाट पर्यटक घुम्न जाने गरेका छन् ।

पर्यटकहरूको संख्या बढेसँगै कोरोनाका कारण थलिएको पर्यटन व्यवसायले समेत गति लिन थालेको छ । पर्यटक बढेसँगै होटलहरु समेत भरिभराउ हुन थालेका छन् । पर्यटक बढेसँगै बागलुङको पर्यटन क्षेत्रमा थप आशा थपिएका छन् ।

बागलुङको पर्यटन प्रवर्द्धनका लागि केही प्रचारप्रसार भइरहे पनि अझ बढी प्रचार प्रसार गर्न स्थानीयले माग गरेका छन् । त्यसैको आधारमा पर्यटन विकासका लागि ठोस गुरुयोजना नै बनाएर अघि बढ्ने तयारीमा गरिएको जनप्रतिनिधिको भनाइ छ ।

सदरमुकाम नजिकका मात्र नभई जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि पर्यटकीय सम्भावना छ । त्यस्ता ठाउँको पहिचान गरी प्रचार–प्रसार गर्न सके सर्वपक्षीय फाइदा हुने स्थानीयको बुझाइ छ । स्थानीय तह र नागरिक हातेमालो गरेर अघि बढेमा बागलुङ पोखरापछिको दोस्रो पर्यटकीय हब बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *