आर्थिक

सुर्खेतको पञ्चपुरीका महिला यसरी बने उद्यमशील (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २८ गते १७:१५
सुर्खेतको पञ्चपुरीका महिला यसरी बने उद्यमशील (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७९ सुर्खेत । पछिल्लो समय महिलाहरु घरायसी कामबाट बचेको समय आर्थिक उपार्जनमा लगाउन थालेका छन् । सुर्खेतको पञ्चपुरीका महिलाले घरायसी काम सकेर बचेको समय चाउमिन उद्योगमा लगाएर अर्थोपार्जन गरिरहेका हुन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का पाँच जना महिलाले चाउमिन उद्योग सञ्चालनमा ल्याएका छन् । दिदीबहिनी चाउमिन उद्योग स्थापना गर्दा आफ्नो उत्पादनले बजार पाउँछ कि पाउँदैन भन्ने चिन्ता थियो । अहिले उद्योगलाई बजारको माग धान्न कठिन भइरहेको छ ।

महिलाले चाउमिन उद्योगमा समय दिन थालेपछि घरको काममा पुरुषले सघाउन थालेका छन् । यसले पारिवारिक सम्बन्ध बलियो बनाएर खुशी थपेको छ ।

दिदीबहिनी उद्योगमा उत्पादित चाउमिन प्रतिकिलो ९० रुपैंयाले विक्री हुन्छ । अहिले दैनिक २ देखि ४ क्टिन्टलसम्म चाउमिन विक्री हुँदै आएको छ । यसले आफ्नै ठाउँमा थोरै लगानीले राम्रै आम्दानी गर्न सकिन्छ भन्ने देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *